विभिन्न मुद्दामा फरार रहेका पाँचखालका २ र बनेपाका १ जना पक्राउ

नौलो समाचार संवाददाता
२०७८ चैत्र ८, मंगलबार मा प्रकाशित ७२२ पटक पढिएको

विभिन्न मुद्दामा फरार रहेका पाँचखालका २ र बनेपाका १ जना पक्राउ

चैत ८, काभ्रे। जिल्ला प्रहरी कार्यालय काभ्रेले विभिन्न मुद्दामा फरार रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। चेक अनादर मुद्दमा २ जना तथा सवारी अंगभंगमा मुद्दामा १ जना पक्राउ परेका हुन्।

चेक अनादर मुद्दमा पाँचखाल नगरपालिका वडा नं २ का विष्णु भन्ने पुर्णप्रसाद घिमिरे र बनेपा नगरपालिका वडा नं २ का ५० वर्षीय तेजप्रसाद घिमिरे रहेका छन्। जिल्ला अदालत काभ्रेको फैसला पछी फरार रहेका उनीहरुलाई १ वर्ष पछी हिजो चैत ८ गते जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले पक्राउ गरेको हो।

यस्तै, सवारी अंगभंगमा मुद्दामा फरार काभ्रेको पाँचखाल नगरपालिका वडा नं ५ का सोमलाल श्रेष्ठलाई पनि जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ गरेको छ।

सवारी अंगभंग मुद्दामा अदालतको फैसलापछि फरार रहेका श्रेष्ठलाई यहि चैत ७ गते पाँचखालबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो।

पक्राउ परेका तीनै जनालाई फैसला कार्यान्वयनका लागि लागि जिल्ला अदालत काभ्रेमा पेश गरिएको छ।


प्रतिक्रिया दिनुहोस