पनौती बसपार्क जोड्ने विभिन्न सडकहरूमा पिचको काम धमाधम

नौलो समाचार संवाददाता
२०७८ चैत्र ११, शुक्रबार मा प्रकाशित २४४५ पटक पढिएको
पनौती बसपार्क जोड्ने विभिन्न सडकहरूमा पिचको काम धमाधम

चैत ११, काभ्रे। पनौती बसपार्क जोड्ने विभिन्न सडकहरू पिचको काम धमाधम सुरु भएको छ।

बसपार्कदेखि कुशादेवी तर्फ जाने सडकको बाँकी रहेको पिचको काम आजबाट सुरु भएको छ।

धुलो-धुवा बढेको र पिच नगरिएको भन्दै स्थानीयले केहि दिन अघि सडकमा अवरोध तेर्स्याएर आवागमन बन्द गरेका थिए।

करिव ६ महिना अघि वडा ८ को खरिबोट माथिदेखि पिच हुदै आएको यो सडकमा बसपार्क नजिकै करीव डेढ सय मिटर पिचको काम रोकिएको थियो। पिच हुदै गरेको सडकमा ढल निकासको बिषयमा स्थानीयबिचको कुरा नमिल्दा पिचको काम रोकिएको थियो।

यस्तै, पनौती बसपार्कदेखि पुर्व सुन्थान तर्फको सडक पिच गर्ने काम पनि धमाधम भैरहेको छ।

मकरलाई पिच होलाकी भन्ने आशामा रहेका पनौतीदेखि सुन्थानसम्मका स्थानीय तथा पैदल तथा सवारीमा यात्रा गर्नेहरु पिच हुने भएपछी स्थानीय र पैदलयात्री खुसि भएका छन्।

सडक निर्माणको अनुगमनमा हिड्नु भएका पनौती नगरपालिकाका नगर प्रमुख भिम न्यौपानेले पनौतीका विभिन्न सडक र भित्रि सडकहरु निर्माणका कार्यहरु भैसकेका, केहि हुदै गरेका र केहि हुने क्रममा रहेकोले आत्तिहाल्नु नहुने बताउनुभयो। क्रमैसंग सबै काम हुने बताउनुभयो।

गोरखनाथ मुनिको सडकमा ढलानको काम भैरहेको उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस