काभ्रेमा ३ लाख ३ हजार ५६० मतदाता, सबैभन्दा धेरै मतदाता पनौतीमा

नौलो समाचार संवाददाता
२०७८ चैत्र १४, सोमबार मा प्रकाशित १५९० पटक पढिएको

काभ्रेमा ३ लाख ३ हजार ५६० मतदाता, सबैभन्दा धेरै मतदाता पनौतीमा

चैत १४, काभ्रे। स्थानीय तहको निर्वाचन नजिकिदै छ। आगामी बैशाख ३० हुने निर्वाचनको लागि काभ्रेमा ३ लाख ३ हजार ५६० जना मतदाता रहेका छन्।

निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नामावली अनुसार काभ्रेमा १ लाख ५४ हजार १८३ जना पुरुष र १ लाख ४९ हजार ३७५ जना महिला रहेका छन्।

पनौती नगरपालिका क्षेत्रमा सबै भन्दा बढी मतदाता रहेका छन्। पनौतीमा जम्मा ३८ हजार १४५जना मतदाता रहेका छन्। जसमा १८ हजार ७८१ जना पुरुष र १९ हजार ३६४ जना महिला रहेका छन्।

यस्तै, बनेपा नगरपालिकामा जम्मा ३७ हजार ५८१ जना मतदाता रहेका छन्। जहाँ ११ हजार ३४० जना पुरुष तथा १९ हजार २४१ महिला छन्।

पाँचखाल नगरपालिकामा जम्मा मतदाता संख्या २९ हजार ६९७ जना रहेको छ भने १४ हजार ९११ पुरुष तथा १४ हजार ७८६ महिला छन्।

यस्तै, मण्डनदेउपुर नगरपालिकामा जम्मा मतदाता संख्या २८ हजार ५३१ रहेको छ। जसमध्ये १४ हजार ६४५ जना पुरुष र १३ हजार ८६ हाना महिला छन्।

नमोबुद्ध नगरपालिकाको जम्मा मतदाता संख्या २५ हजार ९५२ हो जसमध्ये १३ हजार २९२ पुरुष र १२ हजार ६६० महिला रहेका छन्।

धुलिखेल नगरपालिकामा जम्मा मतदाता संख्या २५ हजार ५० रहेको छ, जहाँ १२ हजार ६४५ पुरुष तथा १२ हजार ६३ जना महिला छन्।

गाउँपालिकामा मतदाता संख्या 

गाउँपालिकामध्ये सबैभन्दा धेरै मतदाता रोशी गाउँपालिकामा रहेका छन् भने सबैभन्दा कम खानीखोला गाउँपालिकामा रहेका छन्।

रोशी गाउँपालिकामा २२ हजार ५४३ जना मतदाता रहेका छन्, जसमध्ये ११ हजार ७९२ पुरुष र १० हजार ७५१ महिला रहेका छन्। खानीखोला गाउँपालिकाको जम्मा मतदात संख्या १० हजार ३०९ जना हो, जहाँ ५ हजार ४४३ पुरुष र ४ हजार ६५ जना महिला रहेका छन्।

तेमाल गाउँपालिकामा जम्मा मतदाता २१ हजार १०८ जना छन्, जसमध्ये ११ हजार ३ पुरुष र १० हजार १०५ जना महिला छन्। चौँरीदेउरालीमा २० हजार १९१ मतदाता छन्, जसमध्ये पुरुष १० हजार ५६७ र महिला ९ हजार ६२४ जना रहेका छन्।

भुम्लुमा १७ हजार २४ जना मतदाता मध्ये पुरुष ८ हजार ९४५ र महिला ८ हजार ७ जना महिला रहेका छन्। बेथानचोकमा १४ हजार ५५१ जना मतदाता छन्, जहाँ पुरुषको संख्या ७ हजार २७६ र महिला ७ हजार २७५ जना छ।

महाभारत गाउँपालिकामा १२ हजार ४२० मतदात छन्। जहाँ पुरुष ६ हजार ५४३ र महिला ५ हजार ८७७ जना रहेका छन्।

मतदान स्थल र मतदान केन्द्र 

काभ्रेका पालिकाहरु मध्ये बनेपा नगरपालिकामा सबैभन्दा बढी २४ मतदान स्थल र ४९ मतदान केन्द्र तोकिएको छ भने सबैभन्दा कम महाभारत गाउँपालिकामा ८ मतदान स्थल र १६ बटा मतदान केन्द्र तोकिएको छ।

त्यस्तै पनौती नगरपालिकामा २० वटा मतदान स्थल र ४४ वटा मतदान केन्द्र तोकिएको छ । पाँचखालमा १८ वटा मतदान स्थल र ३७ वटा मतदान केन्द्र तोकिएको छ। धुलिखेल नगरपालिकामा १९ वटा मतदान स्थल र ३४ वटा मतदान केन्द्र तोकिएको छ।

नमोबुद्ध नगरपालिकामा १६ वटा मतदान स्थल र ३० वटा मतदान केन्द्र छन्। मण्डनदेउपुर नगरपालिकामा १६ मतदान स्थलमा ३६ वटा मतदान केन्द्र तोकिएका छन्।

गाउँपालिकाहरुमा रोशीमा १४ वटा मतदान स्थल र २८ वटा मतदान केन्द्र तोकिएका छन्। खानीखोलामा ९ मतदान स्थल र १५ मतदान केन्द्र तोकिएका छन्। चौरीदेउराली गाउँपालिकामा ११ मतदान स्थल र २४ मतदान केन्द्र रहेको छ। तेमाल गाउँपालिकामा १२ मतदान स्थल र २७ मतदान केन्द्र रहेको छ। बेथानचोक गाउँपालिकामा ९ मतदान स्थल र १८ मतदान केन्द्र रहेको छ। भुम्लु गाउँपालिकामा १३ मतदान स्थल र २३ मतदान केन्द्र रहेका छन्।


प्रतिक्रिया दिनुहोस