काभ्रेका बालबालिकालाई २५ गतेदेखि टाइफाइड विरुद्धको खोप लगाइने

नौलो समाचार संवाददाता
२०७८ चैत्र १४, सोमबार मा प्रकाशित ७८९ पटक पढिएको
काभ्रेका बालबालिकालाई २५ गतेदेखि टाइफाइड विरुद्धको खोप लगाइने

चैत १४, काभ्रे। यहि चैत २५ गतेदेखि काभ्रेका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने भएको छ।

आज पत्रकार सम्मेलनमार्फत जिल्ला स्वास्थ्य कार्यालय काभ्रे ९० हजार बालकालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने जानकारी दिएको हो।

जिल्ला स्वास्थय कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोत्तमराज सेढाँईका अनुसार जिल्लाका १५ महिनादेखि १५ वर्षमुनिका बालकालिकालाई यहि चैत्र २५ गतेदेखि ३० गतेसम्म टाइफाइड विरुद्धको खोप लगाइने छ।

खोप अभियान सञ्चालनका लागि जिल्लामा आवश्यक पूर्व तयारी, जनशक्ति परिचालन तथा व्यवस्थापन र तालिम, खोपको भण्डारण लगायतको तयारी गरिएको डा. सेढाँईले जानकारी दिनुभयो।

काभ्रे जिल्ला पनि टाइफाइडको उच्च जोखिममा रहेकाले यसको न्यूनीकरण गर्न खोप अभियानलाई प्रभावकारी बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो।

टाइफाइड विरुद्धको खोप लगाउनका लागि सम्बन्धित स्थानीय तहको स्वास्थ्य शाखामा समन्वय गर्नका लागि जिल्ला स्वास्थ्य कार्यालयले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस