म्यादी प्रहरी काभ्रे : आज लिखित परीक्षा सम्पन्न, २० गते नतिजा प्रकाशन

नौलो समाचार संवाददाता
२०७८ चैत्र १८, शुक्रबार मा प्रकाशित २४९७ पटक पढिएको
म्यादी प्रहरी काभ्रे : आज लिखित परीक्षा सम्पन्न, २० गते नतिजा प्रकाशन

चैत १८, काभ्रे। आगामी स्थानीय तहको निर्वाचनको लागि सरकारले माग गरेको म्यादी प्रहरीको लागि काभ्रेमा आज लिखित परीक्षा सम्पन्न भएको छ।

धुलिखेल स्थित धुलिखेल फुटबल ग्राउण्डमा जिल्ला सुरक्षा समिति काभ्रेपलाञ्चोकका पदाधिकारीहरुको उपस्थितिमा परीक्षा लिखित सम्पन्न भएको हो।

बैशाख ३० हुने स्थानीय तहको निर्वाचनको लागि म्यादी प्रहरी छनौटका लागि काभ्रेमा चैत्र १५ गतेदेखि १७ गतेसम्म शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षण परीक्षा सञ्चालन गरिएको थियो।

उक्त परीक्षामा उत्तीर्ण भएकाहरुको आज लिखित परीक्षा सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो।

यहि चैत ६ गतेदेखि ११ गते म्यादी प्रहरी भर्ना आवेदन कार्य सुरु भएको थियो।

लिखित परिक्षाको नतिजा २० गते प्रकाशन हुनेछ। परिक्षामा पास हुनेको नामावली जिल्ला प्रहरीको आधिकारिक फेसबुक र सुचना पाटीमा प्रकाशन हुनेछ।

लिखित परिक्षामा उत्तीर्ण हुनेको अन्तर्वार्ता २१ गते हुनेछ।

निर्वाचनका लागि काभ्रेमा १६ सय ११ जना म्यादी प्रहरी माग गरेको छ।

जसका लागि काभ्रेमा ८ सय ३४ जना महिला र २ हजार ३३९ जना पुरुष गरी ३ हजार १७३ जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस