दोलखाको कालिन्चोकका होटलमा खाद्य तथा गुण नियन्त्रण कार्यालय काभ्रेको अनुगमन

नौलो समाचार संवाददाता
२०७८ चैत्र २०, आईतबार मा प्रकाशित ९०६ पटक पढिएको
दोलखाको कालिन्चोकका होटलमा खाद्य तथा गुण नियन्त्रण कार्यालय काभ्रेको अनुगमन

चैत २०, दोलखा। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, धुलिखेल काभ्रेले विहिबार खाद्य स्वच्छता अभिबृद्धि कार्यक्रम सम्पन्न गरेको छ।

धार्मिक पर्यटकीय गन्तव्यको आधार स्थल दोलखा जिल्लाको कालिन्चोक गाउँपालिका वडा न. १ कुरी बजारमा संचालित होटल/रेष्टुरेन्ट व्यवसायमा संलग्न ६० जना प्रशिक्षार्थीहरुको सक्रीय सहभागितामा पर्यटकीय होटल तथा रेष्टुरेन्ट व्यवसायी लक्षित अभिबृद्धि कार्यक्रम कार्यक्रम सम्पन्न गरेको हो।

कालिन्चोक कुरी होटल व्यवसायी समितिका अध्यक्ष भीमसेन पाख्रिनको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, धुलिखेल काभ्रेका कार्यालय प्रमुख नारायण प्रसाद भट्टराईको अध्यक्षता रहेको थियो।

कार्यक्रममा “होटलमा खाद्य स्वच्छताको लागि असल आनीबानी र असल उत्पादन अभ्यास” शीर्षकमा कार्यालय प्रमुखले खाद्य स्वच्छता भनेको के हो, खाद्य स्वच्छताको के महत्व छ, खाद्य स्वच्छता कायम गर्न के-के गर्नु पर्छ, यो स्वच्छ जीवनको लागि कति महत्वपूर्ण छ, विद्यमान कानुनी प्रावधान के छन् र खाद्य स्वच्छता र गुणस्तर कायम राख्न होटल व्यवसायीहरुको भूमिका के कस्तो हुनुपर्छ भन्ने विषयमा आफ्नो प्रस्तुती दिनुभएको थियो।

त्यस्तै “खाद्य स्वच्छताको लागि होटल स्तरीकरण एक परिचय” शीर्षक माथि खाद्य निरीक्षक अतिश घिमिरेले होटल स्तरीकरण भनेको के हो, यसमा के-के प्रावधान छन्, स्तरीकरण गर्ने मापदण्ड र सुचकहरु के-के छन् र ति सुचकका आधारमा प्राप्तांक अनुसार स्तरीकरण हुने जानकारी सहितको प्रस्तुतीकरण दिनुभयो। कार्यक्रममा सहभागीहरुलाई तेलको गुणस्तर परिक्षण गर्न सिकाईएको थियो।

कार्यालय प्रमुख भट्टराईले सूचना सन्देश, प्रचार-प्रसार सामाग्री (फ्लेक्स प्रिन्ट) लगायतका सामग्री कालिन्चोक कुरी होटल व्यवसायी समितिका अध्यक्ष भीमसेन पाख्रिनलाई हस्तान्तरण गर्दै सहभागी सम्पूर्णलाई खाद्य स्वच्छता कायम गर्न अपिल गर्नुभयो।

मूल्यांकनको मापदण्ड खाद्य स्वच्छताको आधारमा होटल रेष्टुरेण्ट स्तरिकरण निर्देशिका २०७४ देहाय अनुसार हुने:-

 

प्रतिक्रिया दिनुहोस