भोला थापाद्वारा पनौती नगरपालिकाको मेयरमा उम्मेदवारी घोषणा

नौलो समाचार संवाददाता
२०७८ चैत्र २२, मंगलबार मा प्रकाशित १०४१ पटक पढिएको
भोला थापाद्वारा पनौती नगरपालिकाको मेयरमा उम्मेदवारी घोषणा

चैत २२, काभ्रे। पनौती नगरपालिकाको मेयर पदको लागि पत्रकार तथा समाजसेवी एवं व्यवसायि भोला थापाले उम्मेदवारी घोषणा गर्नुभएको छ।

पनौती नगरपालिकामा कांग्रेसको तर्फबाट मेयर पदमा उम्मेदवारी घोषणा गर्नुभएका थापाले मेयरको लागि टिकट हात पार्ने विषयमा बलियो सम्भावना रहेको देखिएको छ।

थापाले उम्मेदवारी घोषणा गरेर चुनावी गतिविधि समेत बढाउन सुरु गर्नुभएको छ।

यस्तै, यसबाहेक नगर समितिका सभापति रामशरण भण्डारी पनि पनौती नगरपालिकाको मेयर पदको लागि दाबेदार रहनुभएको छ। यसैगरी वडा नं ९ का वडा अध्यक्ष रहनुभएका सहकुल हुमागाई लगायतको समेत यसपटक दाबी देखिएको छ।

यस्तै, व्यवशायी प्रदिप बोगटी पनि पनौती नगरपालिकाकै मेयरको दाबेदारी प्रस्तुत गर्नुभएको छ।

गत निर्वाचनमा समेत पनौतीमा कांग्रेसको राम्रो उपस्थिति रहेको थियो। गत निर्वाचनमा एमालेबाट मेयर र उपमेयर निर्वाचित भएता पनि १२ वटा वटामध्ये ६ वटा वडामा नेपाली कांग्रेस निर्वाचित भएका थिए। जसमा ६, ७, ८, ९, १०, ११ नम्बर वडा रहेको छ।

मेयर भिम न्यौपानेको राम्रो प्रभाव रहेको पनौतीमा यसपटक कांग्रेसले बाजी मार्ने सम्भावना देखिन्छ।

न्यौपानेले कृषि सम्बन्धि कार्य गरेर नगरवासिको मन जितेको कांग्रेस निकट नेताहरुसमेत प्रंशसा गर्ने गरेको पाईन्छ। तर, एमाले फुटको असर राम्रै देखिएको पनौतीमा कांग्रेसले उम्मेदवार विना विवाद उठाउन सकेको खण्डमा भने जीतको सुनिश्चित हुने जानकारहरु बताउँछन्।

प्रतिक्रिया दिनुहोस