चैत २३, काभ्रे। पनौती क्षेत्रमा लामो समयदेखि राजनीति र सामाजिक क्षेत्रमा क्रियाशील नेतृत्व रामशरण भण्डारीले पनौती नगरको मेयरको लागि दाबेदारी प्रस्तुत गर्नुभएको छ।
काँग्रेस पनौती नगरका सर्वसम्मत सभापति भण्डारी पनौती नगरको नेतृत्वको बलियो दाबेदार मानिनुहुन्छ।
पनौती हाक्न अघि बढेका भण्डारीले व्यवस्थित बसपार्क निर्माण, सबै घरधुरीमा खानेपानी सुविधा, फोहोर व्यवस्थापनका साथै स्वास्थ्य, शिक्षा, रोजगारी अन्य पूर्वाधार निर्माणलाई प्रमुख चुनावी एजेन्डाको रूपमा अघि सार्नुभएको छ।
पनौतीका लागि मेयरको टिकट हात पार्न धेरै आकांक्षी रहेपनि ३६ वर्ष लामो निरन्तर राजनीतिमा सक्रिय भण्डारी कांग्रेसको पहिलो रोजाई हुनेमा ढुक्क रहेको उहाँका समकक्षीहरु बताउछन्।
पनौती नगरमा भण्डारीको नेतृत्व आएमा पनौती नगरको समग्र विकासमा र कायापलट हुनेमा आफुहरु विश्वस्थ रहेको पनौतीवासी नागरिकको भनाई छ।
शिष्ट र शालीन स्वभावका भण्डारी २०४२ सालमा तत्कालीन पञ्चायतको सभापति भएदेखि हालसम्म निरन्तर राजनीतिमा सक्रिय भण्डारी पार्टीमा कुनै पनि लाभको पदमा नबसेका व्यक्ति हुनुहुन्छ।
१४औँ महाधिवेशनमा अन्य पालिकामा नेतृत्वमा पुग्न व्यापक प्रतिस्पर्धा भइरहेको बेला पनौती नगरमा भने भण्डारी सर्वसम्मत सभापतिमा निर्वाचित हुनुभएको थियो। पनौती नगरको समग्र विकासको लागि नेतृत्व गर्न प्रमुखमा आकाङ्क्षा राखेको छु ।
शिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक पूर्वाधार, व्यवसायीक कृषि, फोहोर व्यवस्थापन, युवा युवतीहरूको बढ्दो विदेश पलाएन रोक्ने, त्रिवेणी घाटको व्यवस्थापन, व्यवस्थित बसोबास लगायतका विषयमा अहिले टोल टोलमा गएर अन्तरक्रिया गरिरहनु भएका भण्डारीले पनौती नगर काभ्रे काँग्रेसको लागि प्रतिनिधि र प्रदेश दुवै निर्वाचन क्षेत्र प्रभाव पार्ने नगरको रूपमा पनि हेर्नुपर्ने बताउनु हुन्छ। पनौती नगरको ७ वडा प्रतिनिधिसभा एकमा पर्छ भने ५ वडा प्रतिनिधिसभा दुईमा पर्छ।
निर्वाचन क्षेत्र नं १ र २ को प्रदेशसभाका नेताहरूको समेत चासोको विषय रहेको पनौतीमा प्रमुख प्रतिस्पर्धि दल नेकपा एमालेले प्रमुखमा भिम न्यौपानेलाई नै दोहो¥याउने सम्भावना रहेको बताइदै आएको छ। पनौतीकै मेयरमा कांग्रेसबाट भोला थापा, प्रदिप बोगटीले पनि इच्छा व्यक्त गर्नुभएको छ।
वैशाख ३० को स्थानीय निर्वाचनका लागि ३८ हजार भन्दा बढी मतदाता रहेको पनौतीमा अघिल्लो निर्वाचन एमालेले जितेको थियो। काँग्रेसले यो पटक क्रियाशील सदस्यता समेत दोब्बर बनाएर २ हजार ६ सय पु-याउनुका साथै तीन महिना अघि देखि चुनाव केनिद्रत संगठन निर्माण र परिचालनमा सक्रिय रहेको छ।
अहिले घरघर जाऔँ काँग्रेस जिताऔँ एक महिने अभियानको क्रममा टोल टोल पुगेको पनौती काँग्रेसले प्रत्येक वडामा कम्तीमा पनि ४ वटा टोल समिति गठन गरेर चुनाव प्रचारप्रसारमा लागेको छ।
प्रतिक्रिया दिनुहोस