काभ्रेमा बैशाख ६ गतेदेखि कृषि गणना हुने

नौलो समाचार संवाददाता
२०७८ चैत्र २४, बिहिबार मा प्रकाशित ५८२ पटक पढिएको
काभ्रेमा बैशाख ६ गतेदेखि कृषि गणना हुने

चैत २४, काभ्रे। काभ्रेमा आगामी बैशाख ६ गतेदेखि जेठ १९ गतेसम्म राष्ट्रिय कृषि गणना हुने भएको छ। जिल्ला कृषि गणना कार्यालय काभ्रेले आज पत्रकार सम्मेलन गरी कृषि गणनासंग सम्बन्धित रही सरोकारवाला पक्षसंग छलफल गरेको छ।

कृषि गणना ४५ दिनसम्म जारी रहने कार्यक्रममा जानकारी दिईएको छ।

गणना गर्नका लागि जिल्लामा ८६ जना गणक र २२ जना सु-परिवेक्षण खटिने बताईएको छ। जिल्लाको १३ वटै स्थानीय तहमा गणक पुग्नेछन्। सबैभन्दा बढी मण्डनदेउपुर नगरपालिकामा २२ वटा क्षेत्र र सबैभन्दा कम खानीखोला गाउँपालिका १४ वटा क्षेत्र रहेका छन्।

कृषि गणना प्रत्येक १०/१० वर्षमा हुने गर्दछ। नेपालमा बि.स. २०१८ सालदेखि कृषि गणना सुरु भएको हो।

जिल्लामा ६ वटा नगरपालिका र ७ वटा गाउँपालिका गरी १३ स्थानीय तह छन्। १३ वटै स्थानीय तहमा कृषि गणक खटाइने जिल्ला कृषि गणना कार्यालय काभ्रेका प्रमुख दिपक कोइरालाले जानकारी दिनुभयो।

कृषि गणनामा प्रत्येक घर परिवारले गर्ने गरेको कृषि कार्य, संस्थागत कृषि कार्य(सरकारी, अर्धसरकारी, सहकारी, व्यवसायहरुले गरेका क्रिधि कार्य), तथा वडागत सामुदायिक कृषि कार्यसम्बन्धि क्रियाकलापहरु पर्दछन।

प्रतिक्रिया दिनुहोस