वाग्मतीसहित चारवटा प्रदेशमा चट्याङ्सहित वर्षाको सम्भावना

नौलो समाचार संवाददाता
२०७८ चैत्र २७, आईतबार मा प्रकाशित ३४७ पटक पढिएको
वाग्मतीसहित चारवटा प्रदेशमा चट्याङ्सहित वर्षाको सम्भावना

चैत २७, काठमाडौं। देशका विभिन्न भागमा आज चट्याङसहित वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आजराति प्रदेश–१ र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । मधेस प्रदेश र वाग्मती प्रदेशमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश–१ र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस