रोशीमा अध्यक्षमा ९ र उपाध्यक्षका लागी ८ जनाको नाम दर्ता

नौलो समाचार संवाददाता
२०७८ चैत्र २८, सोमबार मा प्रकाशित १९०९ पटक पढिएको
रोशीमा अध्यक्षमा ९ र उपाध्यक्षका लागी ८ जनाको नाम दर्ता

चैत २८, काभ्रे। स्थानीय तहको निर्वाचनको लागि रोशी गाउँपालिकामा उम्मेदवारहरुले नाम दर्ता गरेका छन्।

नेपाली काँग्रेस रोशी गाउँपालिका कार्य समितिको बैठकमा आगामी निर्वाचनका लागि रोशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षका आकाक्षीहरुले नाम दर्ता गरेका हुन्।

अध्यक्ष पदका लागी ९ जना र उपाध्यक्ष पदका लागी ८ जना आकाक्षीले नाम दर्ता गरेका छन्।

अध्यक्षका लागी जिल्ला सचिव गुणराज मुक्तान, क्षेत्र नं २ का क्षेत्रिय सभापति चन्द्र लामा, रोशी गाउँपालिकाका अध्यक्ष डि बि लामा, नेपाली काँग्रेस क्षेत्र नं १ का सभापति दिनेश लामा, नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य शंखबुद्ध लामा, युवा नेता बिदुर बर्तौला, वडा नं १० का वडा अध्यक्ष दुधराज लामा, वडा नं ६ का वडा अध्यक्ष पदमबहादुर लामा, वडा नं ७ का वडा अध्यक्ष पोष्टराज गौतमले नाम दर्ता गरेका छन्।

त्यस्तै उपाध्यक्ष पदका लागी रोशी गाउँकार्यपालिका सदस्य कमला तामाङ, रोशी ७ का कृयाशिल सदस्य धनमाँया तामाङ, वडा नं १ का वडा सदस्य निर्जला थापा, कार्यपालिका सदस्य प्रकृति बोहोरा, नेपाली काँग्रेस रोशी गाउँपालिका कार्यसमिति सह-सचिव रोजिना लामा, रोशी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मि बतौला, नेपाली काँग्रेस रोशी गाउँपालिका कार्यसमिति सदस्य सविता तामाङ, रोशी गाउँपालिकाका न्यायिक समितीका सदस्य ज्ञानी माँया तामाङले नाम दर्ता गरेका हुन्।

प्रतिक्रिया दिनुहोस