एमालेले पनौतीको प्रमुखमा भीम न्यौपाने र उपप्रमुखमा गिता बञ्जारालाई दोहोर्याउने

नौलो समाचार संवाददाता
२०७९ बैशाख ११, आईतबार मा प्रकाशित ८६३ पटक पढिएको

एमालेले पनौतीको प्रमुखमा भीम न्यौपाने र उपप्रमुखमा गिता बञ्जारालाई दोहोर्याउने

बैशाख ११, काभ्रे। यही बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि एमाले काभ्रेमा उम्मेदवारहरुको टुंगो लगाएको छ। एमालेले जिल्लाका १३ वटै पालिकाहरुका लागि आफ्ना उम्मेदवारको नाम सार्वजनिक गरेको हो

आज र भोलि स्थानीय तहमा स्थापना गरिएको निर्वाचन कार्यालयमा उम्मेदवारहरुको मनोनयन दर्ता हुँदैछ।

एमालेले पनौतीको प्रमुखमा भीम न्यौपाने र उपप्रमुखमा गिता बञ्जारालाई दोहोर्याउने निर्णय गरेको छ।

यस्तै, बनेपा नगरपालिकाको प्रमुखमा रत्नकुश रञ्जितकार र उपप्रमुखमा विमला सापकोटा, धुलिखेलको प्रमुखमा अशोक व्याञ्जु र उपप्रमुखमा लालतारा अधिकारी, नमोबुद्धको प्रमुखमा राजन भुर्तेल र उपप्रमुखमा सम्झना लामा, मण्डनदेउपुरको प्रमुखमा विदुर सापकोटा र उपप्रमुखमा सरिता ढकाल, पाँचखालको प्रमुखमा कञ्चन अधिकारी र उपप्रमुखमा सूर्यमाया दनुवारलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यस्तै, गाउँपालिका अन्तर्गत भुम्लु गाउँपालिकाको अध्यक्षमा प्रेम लामा र उपाध्यक्षमा कल्पना श्रेष्ठ, चौरीदेउरालीमा जिताराम लामा र बबिता खरेल, बेथानचोकमा कमल तिमिल्सना र सरला लामिछाने, रोशीमा देवसागर लामा र बबिता बोहरा, तेमालमा इन्द्र तामाङ र सम्तेन लामा, खानीखोलामा डम्बर तिमल्सिना र रुकमणि गुरुङ र महाभारतमा पूर्णबहादुर वाइवा र शान्ती तितुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

उम्मेदवार टुंगो लागे पनि १३ वटै स्थानीय तहमा १२ गते सोमबार उम्मेदवारी दर्ता गर्ने गरी एमालेले तयारी गरेको छ।


प्रतिक्रिया दिनुहोस