काभ्रेमा कांग्रेससहितका सत्ता साझेदार दलको गठबन्धनमा यस्तो छ सिट बाँडफाँड

नौलो समाचार संवाददाता
२०७९ बैशाख ११, आईतबार मा प्रकाशित १११३ पटक पढिएको
काभ्रेमा कांग्रेससहितका सत्ता साझेदार दलको गठबन्धनमा यस्तो छ सिट बाँडफाँड

बैशाख ११, काभ्रे। काभ्रेमा कांग्रेससहितका सत्ता साझेदार दलहरुबीच सिट बाँडफाँड गर्ने सहमति भएको छ।

आज (आइतबार) बसेको सत्ताधारी दलहरुको बीचको बैठकले गठबन्धन गर्ने सहमति गरेको हो।

सहमति अनुसार ७ वटा पालिका नेपाली कांग्रेसको भागमा परेको छ। एकीकृत समाजवादीले २ पालिका र माओवादी केन्द्रले ४ पालिका पाउने भएको छ।

जिल्लाका ६ वटा नगरपालिका मध्ये पनौती, बनेपा, पाँचखाल र नमोबुद्ध नगरपालिकाको प्रमुख कांग्रेसले पाउने छ।

त्यस्तै रोशी गाउँपालिका, तेमाल गाउँपालिका र बेथानचोक गाउँपालिकाको अध्यक्ष पनि नेपाली कांग्रेसको भागमा परेको छ।

नेकपा (एकीकृत समाजवादी) को भागमा मण्डनदेउपुर र धुलिखेल नगरपालिकाको प्रमुख परेको छ।

माओवादी केन्द्रको भागमा भुम्लु, चौरीदेराली, महाभारत र खानीखोला गाउँपालिकाको अध्यक्ष माओवादी केन्द्रले पाएको छ।

नेपाली कांग्रेस काभ्रेका सचिब गुणराज सचिब मुक्तानको अनुसार उपप्रमुख र उपाध्यक्षहरूको सिट बाँडफाँडको लागि भने बैठक बसिरहेको छ।

सहमति पत्र:-

प्रतिक्रिया दिनुहोस