धुलिखेलको प्रमुखमा काँग्रेस नेता बिदुर बस्नेतद्वारा स्वतन्त्र उम्मेदवारी दर्ता

नौलो समाचार संवाददाता
२०७९ बैशाख १२, सोमबार मा प्रकाशित ८६९ पटक पढिएको

धुलिखेलको प्रमुखमा काँग्रेस नेता बिदुर बस्नेतद्वारा स्वतन्त्र उम्मेदवारी दर्ता

बैशाख १२, काभ्रे। नेपाली काँग्रेस धुलिखेलका नगर सभापति बिदुर बस्नेतले धुलिखेल नगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको छ।

नगरप्रमुख नेकपा (एकीकृत समाजवादी)लाई दिएपछि धुलिखेल कांग्रेसमा चरम असन्तुष्टि रहदै आएको छ।

गठबन्धनको निर्णय नमान्ने भन्दै बस्नेतले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको हो।

वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि काभ्रेमा सत्ताधारी दलहरुको बीचको बैठकले गरेको गठबन्धनको निर्णयपछि धुलिखेलमा नेपाली काँग्रेसमा दरारको अवस्था सिर्जना भएको छ।

यसका साथै नेपाली कांग्रेसमा नवप्रवेशी निरञ्जन जंगमलाई उप-प्रमुखको उम्मेदवारीका लागि सिफारिस दिएपछि धुलिखेल कांग्रेसमा विद्रोह चुलिएको हो।


प्रतिक्रिया दिनुहोस