आफूमाथि धोका भएको भन्दै बनेपाका मेयर श्रेष्ठद्वारा एमाले परित्याग

नौलो समाचार संवाददाता
२०७९ बैशाख १७, शनिबार मा प्रकाशित ६८२ पटक पढिएको
आफूमाथि धोका भएको भन्दै बनेपाका मेयर श्रेष्ठद्वारा एमाले परित्याग

वैशाख १७, काभ्रे। बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरसिंह बादे श्रेष्ठले एमाले परित्याग परित्याग गर्नुभएको छ।

आज पत्रकार सम्मेलन गर्दै बादेले एमालेको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गर्नुभएको हो।

बादेले आफुलाई पार्टीबाट धोका दिएको र आम नगर वासीलाई समेत धोका दिने उमेद्वार प्रस्तुत गरेको हुनाले आफ्नो अमूल्य मत नदिन समेत अपिल गर्नुभएको छ।

बनेपा नगरपालिकाको मेयर पदमा पुनः उठ्ने आकांक्षा व्यक्त गर्नुभएका बादेेश्रेष्ठलाई नेकपा एमालेले टिकट नदिएपछि पार्टी परित्याग गरेको जानकारी दिइएको छ।

बादे सहित उको परिवारका अन्य ४ सदस्यले समेत एमालेको साधारण सदस्य समेत नहरने गरि त्यागेका हुन् ।

एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले बनेपाको मेयर पदमा पुनः उठाउने बचन दिएर धोका दिएको भन्दै उहाँले पार्टी परित्याग गरेका बताउनुभयो।

पत्रकार सम्मेलनमा उहाँले पार्टी र बास्कोटासहितको नेताहरूले आफूलाई झुक्याउने काम गरेको बताउनुभयो।

उनले बनेपाको मेयरबाट पनि राजीनामा गर्ने बताउनुभयो।

एमाले परित्याग गरिसकेपछि आफू नैतिकताका आधारमा सो पदमा बहाल हुन नसक्ने भएकाले राजीनामा दिने बादेको भनाई छ।

एमालेले बनेपा नगरपालिकाको मेयर पदमा रत्नकुश रञ्जितलाई टिकट दिएको छ ।

मेयरका लागि बादेसहित ९ जनाको नाम सिफारिस भएको थियो । एमालेले नगर कमिटी अध्यक्ष रत्नकुश रञ्जितलाई मेयर र उपमेयरमा अखिल नेपाल महिला संघ काभ्रेकी अध्यक्ष विमला सापकोटा दाहाललाई उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया दिनुहोस