धुलिखेलको मेयरका लागि कांग्रेसका बागी उम्मेदवार बस्नेतलाई चुनाव चिन्ह ‘जेब्रा’

नौलो समाचार संवाददाता
२०७९ बैशाख १७, शनिबार मा प्रकाशित ७५४ पटक पढिएको
धुलिखेलको मेयरका लागि कांग्रेसका बागी उम्मेदवार बस्नेतलाई चुनाव चिन्ह ‘जेब्रा’

बैशाख १७,काभ्रे। धुलिखेल नगरपालिकामा नेपाली कांग्रेसका स्वतन्त्र उम्मेदवार बिदुर बस्नेतले ‘जेब्रा’ चुनाब चिन्ह पाउनु भएको छ।

धुलिखेलको प्रमुखमा स्वतन्त्र उम्मेदवार बस्नेतलाई धुलिखेलस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज बस्नेतलाई ‘जेब्रा’चिन्ह प्रदान गरेको हो।

बस्नेतले आफुलाई नगरपालिकाको १२ वाटै वडा कार्यसमितिको समर्थन रहेको बताउदै आउनुभएको छ। बस्नेत कांग्रेस धुलिखेल नगरसभापति हुन् ।

धुलिखेलमा गठबन्धनबीच कुरा नमिल्दा बस्नेतले मेयरको टिकट नपाएपछि बाघी उम्मेद्वावार दिनुभएको थियो।

काभ्रेमा गठबन्धन भएसंगै धुलिखेल नगर प्रमुख नेकपा एकिकृतको भागमा परेको थियो ।

धुलिखेल आफ्नो भागमा पर्नुपर्ने भन्दै आक्रोशित हुनुभएका नेता बस्नेतले मनोनयनको अन्तिम दिन स्वतन्त्रबाट उम्मेरदवारी घोषणा गरेर मनोनयन दर्ता गर्नुभएको थियो।

चुनाब चिन्ह प्राप्त गरेपछि बस्नेतको पक्षमा सयौँको संख्यामा युबाहरुले र्‍याली निकालेका थिए।

प्रतिक्रिया दिनुहोस