बनेपाका मेयरका उम्मेदवार शान्ति रत्न शाक्य चुनावी एजेण्डासहित गाउँ टोल टोलमा

नौलो समाचार संवाददाता
२०७९ बैशाख १९, सोमबार मा प्रकाशित ५५० पटक पढिएको
बनेपाका मेयरका उम्मेदवार शान्ति रत्न शाक्य चुनावी एजेण्डासहित गाउँ टोल टोलमा

बैशाख १९, काभ्रे। बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिँएसंगै बनेपा नगरपालिकाका मेयरका उमेदवार शान्ति रत्न शाक्यले प्रचार-प्रसारलाई तिब्रता दिनुभएको छ।

बैशाख ११/१२ गते मनोनयन दर्तासँगै बनेपा नगरपालिका गठबन्धनका साझा उमेदवार शाक्यले प्रचार-प्रसारलाई तिब्रता दिनुभएको हो।

नेपाली कांग्रेस र नेकपा (एकिकृत समाजवादी) पार्टीले संयुक्त रुपमा प्रचार-प्रसारलाई तिब्रता दिएका हुन्।

नेकपा (एकिकृत समाजवादी) पार्टीवाट उप-प्रमुखमा रघुवर चाै प्रधान चुनावी प्रचार–प्रसारसँगै वडाका अग्रज व्यक्तिहरुबाट आर्शिवाद लिन गठबंधनका नेता तथा कर्याकर्तासँगै वडाका गाउँ टोल टोल पुगीरहनुभेको छ।

बनेपा नगरकाे फाेहरमैला ब्यबस्थापन खानेपानी, पुन्यमाता खाेला बाढी नियन्त्रण, गुणस्तरीय शिक्षा स्वास्थ्य, सम्पदाको संरक्षण, प्राकृतिक स्रोतको संरक्षण र उपयोग, आधुनिक र व्यवसायिक कृषि, सिचाई, नगरपालिका भित्र मौलाएको भष्ट्राचार नियन्त्रण जस्ता एजेण्डाका साथमा मतदाताको घरदैलोमा पुगिरहेको मेयरका उम्मेदवार शाक्यले बताउनुभएको छ।

प्रतिक्रिया दिनुहोस