कपिल कसपालको “सुर्य भन्दा कोहि छैन माथि” गीतको लोकार्पण

नौलो समाचार संवाददाता
२०७९ बैशाख २०, मंगलबार मा प्रकाशित ५८८ पटक पढिएको
कपिल कसपालको “सुर्य भन्दा कोहि छैन माथि” गीतको लोकार्पण

बैशाख २०, भक्तपुर। भक्तपुरमा एक कार्यक्रमबीच कपिल कसपालको “सुर्य भन्दा कोहि छैन माथि ” गीतको लोकार्पण भएको छ। नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा सभासद महेश बस्नेतले गीतको लोकार्पण गर्नुभएको हो।

प्रमुख अतिथि महेश बस्नेतले गीत निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद दिदै गायक कसपालले गीत मार्फत पार्टीलाई योगदान दिएकोमा बधाई दिदै सफलताको कामना गर्नु भयो।

कार्यक्रममा जिल्ला पार्टी अध्यक्ष वचन देउजाले स्वागत मन्तव्य सहित गीतको पृष्ठभुमि सहित आवस्यकता र महत्वको बारेमा बोल्नु भएको थियो।

कार्यक्रममा बोल्दै अध्यक्ष वचन देउजाले गायक कपिल कसपाल पछिल्लो समयमा गायन सहित राजनीतिक क्षेत्रमा चर्चित रहेको र निकै संभावना भएको ब्यक्तित्वमा आफूलाई प्रमाणित गर्दै लगेको बताउनु भयो। गीत निकै राम्रो बनेको बताउदै सम्पुर्ण जिल्ला सहित देशै भरि यो गीत प्रचारप्रसार गर्नु पर्ने र चुनाबि माहौललाई एमाले अनुकूल बनाउनु पर्ने बताउनु भयो।

यस गीतको गीतकार तथा गायक कपिल कसपालले गीत लेख्दादेखि सार्बजनिक हुदासम्मका अनुभव सुनाउनुभयो।

कपिल कसपालको शब्द रहेको गीतमा आवाज पनि रहेको छ भने गायिका बानिका प्रधानले साथ दिनुभएको छ। गीतमा सङीत चर्चित सङीतकार सुरेश अधिकारीको रहेको छ। गीत गायक कपिल कसपालको आफ्नै  युटुब च्यानल ‘कपिल कसपाल अफिसियल’ मार्फत हेर्न सकिन्छ।

कार्यक्रममा सुर्यबिनायकका पुर्ब मेयर तथा उम्मेदवार बासुदेब थापा सहितका नेता तथा कार्यकर्ताले नाचेर माहोललाई रोमाञ्चक बनाएका थिए।
कार्यक्रममा प्राज्ञ नन्दु उप्रेती, चलचित्र निर्देशक मदन घिमिरे लगायत समाजका प्रतिष्ठित ब्यक्तित्व सहित पत्रकारहरुको उपस्थिति रहेको थियो।
“सुर्य भन्दा कोहि छैन माथि” भक्तपुर जनसास्कृतिक महासंघको प्रस्तुति तथा भक्तपुर जिल्ला कमिटीद्वारा निर्माण गरिएको हो। गीत निर्माणलाई ब्यवसायी तथा नेकपाका नेता निरन्जन बजगाइले ब्यवस्थापन गर्नुभएको हो।

कार्यक्रममा नेकपा एमालेका नेता सोम मिश्र, निर्मलकुमार भट्टराई, शशीजङ थापा, रजन केसिसहित जिल्लाका सम्पुर्ण नेताहरुको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई संचालन जिल्ला पार्टी सचिब मोहन वीर मानन्धरले संचालन गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस