रोशीमा बस र टाटासुमो ठोक्किदा ५ जनाको मृत्यु

नौलो समाचार संवाददाता
२०७९ बैशाख २१, बुधबार मा प्रकाशित ८०६ पटक पढिएको

रोशीमा बस र टाटासुमो ठोक्किदा ५ जनाको मृत्यु

बैशाख २१, काभ्रे। रोशी गाउँपालिका वडा नम्बर-११ मा यात्रुबाहक बस र टाटासुमो दुर्घटना हुदाँ ५ जनाको मृत्यु भएको छ।

काठामाडौँबाट जनकपुरतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको यात्रुवाहक बस (युपी ५८ टि ८१८१) नम्बरको यात्रुबाहक बस र सिन्धुलीबाट काठमाडौँतर्फ आउँदै गरेको ना १ ज ४२१० नम्बरको टाटसुमो एक आपसमा ठोक्किदा एक बालक सहित ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

पशुपतिनाथ मन्दिरको दर्शन गरेर भारतर्फ फर्किन लागेको मिनी बस तीव्र गतिमा आइरहेको सुमोसँग ठोक्किएको प्रवक्ता खतिवडाले बताउनुभयो।

कमलामाई नगरपालिका-७ सिन्धुलीका ३० वर्षीय विक्रम श्रेष्ठ, वडा नम्बर–४ का ४० वर्षीय हरिबल तामाङ (चालक), रामेछापको खाँडादेवी–८ की ३० वर्षीया सम्झना भुषाल र उनकी सात वर्षीया छोरी संगीता र सिन्धुलीको सुनकोसी गाउँपालिका–१ का ४४ वर्षीय प्रमिला नेपाली छन्।

दुर्घटनामा घाइते भएका १९ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। जसमा नेपाली र भारतीय नागरिक रहेका छन्।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।


प्रतिक्रिया दिनुहोस