भोट हाल्न जाँदा साथमा मोबाइल लैजान पाइन्छ कि पाइदैन ?

नौलो समाचार संवाददाता
२०७९ बैशाख २८, बुधबार मा प्रकाशित ७३० पटक पढिएको
भोट हाल्न जाँदा साथमा मोबाइल लैजान पाइन्छ कि पाइदैन ?

बैशाख २८,काभ्रे। आउँदो शुक्रबार ३० गते देशभर स्थानीय तहको निर्वाचन हुँदैन। बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म चल्ने मतदानका लागि गएरातीबाट मौन अवधि लागु भएको छ। यो अवधिमा चुनाव प्रचारको कुनै पनि क्रियाकलाप गर्न निर्वाचन आचार संहिताले रोक लगाएको छ।

निर्वाचन आचार संहिताले निर्वाचन तथा मतदानको समयमा कतिपय विषयमाथि प्रतिबन्ध लगाएको छ।

निर्वाचन आचार संहिताले मतदान केन्द्रमा जाँदा अपनाउनु पर्ने केही प्रावधानहरू पनि तोकिदिएको छ। यस्तोमा धेरैलाई मतदान केन्द्रमा जाँदा मोबाइल लैजान पाइन्छ कि पाइदैन भन्ने दुबिधा पनि हुनसक्छ। किन भने आफूले हालेको मतपत्रको फोटो खिच्ने, सामाजिक सञ्जालमा राख्ने चाहना कतिपयलाई हुनसक्छ।

तर, निर्वाचन आचार संहिताले भने त्यस्ता क्रियाकलापलाई पूर्णरुपमा प्रतिबन्ध लगाएको छ। स्थानीय निर्वाचन आचार संहिता, २०७९ अनुसार केन्द्रमा मतदान गर्न स्वीकृत पाएको व्यक्तिले साथमा मोबाइल, क्यामेरा जस्ता कुनै पनि फोटो खिच्न सकिने उपकरण बोकेर जान नपाउने स्पष्ट पारेको छ।

निर्वाचन आचार संहिताले निर्वाचन तथा मतदानको समयमा कतिपय विषयमाथि प्रतिबन्ध लगाएको छ। सामाजिक सञ्जालमा कुनै पनि उम्मेदवारलाई होच्याउने, एउटा उमेदवारको फोटोलाई अर्को उम्मेदवारको फोटोमा जोड्ने, सामाजिक सञ्जालमा चुनाब भड्काउने खालका कुनै पनि क्रियाकलाप गर्न नपाउने लगायतका व्यवस्था गरिएका छन्।

मतदाताको दायित्व : –

प्रतिक्रिया दिनुहोस