काभ्रेमा ४ दिन टिपर संचालनमा प्रतिबन्ध

नौलो समाचार संवाददाता
२०७९ बैशाख २९, बिहिबार मा प्रकाशित ४७७ पटक पढिएको
काभ्रेमा ४ दिन टिपर संचालनमा प्रतिबन्ध

बैशाख २९, काभ्रे। काभ्रेमा ४ दिन टिपर संचालनमा प्रतिबन्ध लगाईएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेले एक सूचना प्रकाशित गर्दै आज बैशाख २९ गतेदेखि जेठ १ गतेसम्म टिपर संचालनमा रोक लगाएको जनाएको छ।

भोलि ३० गते हुने स्थानीय तह सदस्यको निर्वाचनको कार्यलाई स्वच्छ, स्वतन्त्र, निश्पक्ष, शान्तिपूर्ण र भयरहित वातावारंमा सम्पन्न गराउन निर्वाचन सम्बन्धि अत्यावश्यक बाहेकका सबै सवारी साधन चल्न रोक लगाईएको छ।

रातिको समयमा टिपर संचालन हुदै आएको निर्वाचनको सुरक्षालाई ध्यान दिदै आजदेखि जेत्श १ गते राति १२ बजे सम्मका लागि टिपर संचालनमा रोक लगाईएको काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारद्वारा जारी सूचनामा जनाईएको छ।

जिल्ला प्रशासन कार्यालय काभ्रेको सूचना :-

प्रतिक्रिया दिनुहोस