परिचय खुल्ने जुनसुकै सरकारी कागजातबाट भोट हाल्न पाईने

नौलो समाचार संवाददाता
२०७९ बैशाख २९, बिहिबार मा प्रकाशित ४७१ पटक पढिएको
परिचय खुल्ने जुनसुकै सरकारी कागजातबाट भोट हाल्न पाईने

बैशाख २९, काभ्रे। भोलि हुने स्थानीय तहको चुनावको मतदानको लागि मतदाता परिचय पत्र अनिवार्य नगरिने भएको छ।

निर्वाचन आयोगले जारी गरेको एक सूचनामा व्यक्तिको परिचय खुल्ने जुनसुकै सरकारी कागजात देखाएर मतदान गर्न सकिने जनाईएको छ।

कतिपय मतदाताको परिचयपत्र हराएको, नासिएको र कतिपयको परिचयपत्र नै नआएको अवस्थालाई मध्यनजर गर्दै आयोगले यस्तो सूचना जारी गरेको हो।

मतदानको लागि नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपुर्जाको सक्कल प्रमाणपत्रको आधारमा भोट हाल्न सकिने सूचनामा भनिएको छ।

 

 

प्रतिक्रिया दिनुहोस