निर्वाचनको लागि काभ्रेमा सुरक्षा व्यवस्था कडा, करिब ३ हजार सुरक्षाकर्मी परिचालन

नौलो समाचार संवाददाता
२०७९ बैशाख २९, बिहिबार मा प्रकाशित ८१२ पटक पढिएको

निर्वाचनको लागि काभ्रेमा सुरक्षा व्यवस्था कडा, करिब ३ हजार सुरक्षाकर्मी परिचालन

बैशाख २९, काभ्रे। काभ्रेमा स्थानीय तह निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थापन तयारी पूरा गरिएको छ।

भोली वैशाख ३० गते सञ्चालन हुन गइरहेको स्थानीय तहको निर्वाचनको लागि सुरक्षाका लागि काभ्रेमा करिब ३ हजार सुरक्षाकर्मी परिचालन गरिएको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख चक्रराज जोशीका अनुसार दुई पालिका बराबरको नेतृत्व डिएस्पीको कमाण्डमा र एक पालिका बराबर एक जना प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी परिचालन गरिएको छ।

प्रत्येक पालिकामा दुई वटा मोवाईल गाडि, जिल्ला भरि हेर्न दुई वटा रिर्जभ गाडि सहित प्रहरी परिचान गरेको उहाँले बताउनुभयो।

हरेक दुई पालिकमा एक जना डिएस्पीले अनुगमन गर्ने र प्रत्येक पालिकामा प्रहरी निरीक्षकको कमाण्डमा सुरक्षा व्यवस्थापन उहाँको भनाई छ।

निर्वाचनको सुरक्षा मजबुद र प्रभावकारी बनाउन ९ सय ७९ नेपाली प्रहरी, ३ सय ९८ शसस्त्र प्रहरी, एक हजार ६११ म्यादी प्रहरी र नेपाली सेना गरी २ हजार ९ सय ८८ सुरक्षाकर्मी परिचालित भएको प्रहरी प्रमुख जोशीले जानकारी दिनुभयो।

उनका अनुसार मतदान केन्द्रको पहिलो घेरामा नेपाल प्रहरीका साथै म्यादी प्रहरी, दोस्रो घेरामा शसस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा दिनेछन्।

जिल्ला सुरक्षा समितिले जिल्लाका १९ मतदान केन्द्रलाई अति संवेदनशील, ५० मतदान केन्द्रलाई संवेदनशील र २ सय १२ मतदान स्थललाई सामान्य मानेर सोही अनुसारको सुरक्षा व्यवस्थालाई कडा पारिएको छ।

निर्वाचनका लागि जिल्लाका १ सय ८९ मतदान स्थलको ३ सय ८१ मतदान केन्द्रमा एक हजार ९०४ जना कर्मचारी खटिएका छन्। काभ्रेमा ३ लाख ३ हजार ५६० मतदाता छन्।


प्रतिक्रिया दिनुहोस