काभ्रेको चौंरीदेउरालीमा मतपेटिका तोडफोड, मतदान स्थगित (भिडियो सहित)

नौलो समाचार संवाददाता
२०७९ बैशाख ३०, शुक्रबार मा प्रकाशित ४०४ पटक पढिएको
काभ्रेको चौंरीदेउरालीमा मतपेटिका तोडफोड, मतदान स्थगित (भिडियो सहित)

वैशाख ३०, काभ्रे। काभ्रेको चौंरीदेउराली गाउँपालिका -६ स्थित एक मतदान केन्द्रमा झडप भएको छ।

एक जनाको भोट अर्को व्यक्तिले हालेको भन्दै गठबन्धनका कार्यकर्ताबीच सुरू भएको विवादले उग्र रूप लिँदा झडपको स्थिति आएको हो। झडपपछि भिडले मतपेटिका बाहिर ल्याएर तोडफोड गरेका छन्।

झडप भएपछि मतदान स्थगित गरिएको छ।

नेकपा एमालेकी केन्द्रिय सदस्य नविना लामाले सत्ता गठबन्धनका कार्यकर्ताले मतपेटिका फुटाएको आरोप लगाएकी छन्।

जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमुख एसपी चक्रराज जोशीले विवादका क्रममा मतपेटिका बाहिर ल्याएर तोडफोड गरिएको जानकारी दिनुभएको छ।

अहिले सर्वदलीय बैठक बसेर दुवै पक्षबीच छलफल भइरहेको उहाँले जानकारी दिनुभएको छ।

काभ्रेका अन्य मतदान केन्द्रमा भने अहिलेसम्म शान्तिपूर्ण रुपमा मद्दान भैरहेको खबर छ।

हेर्नुस भिडियो :-

 


प्रतिक्रिया दिनुहोस