स्याङ्जामा मतदाता बोकेको जीप दुर्घटना हुँदा १३ जनाको मृत्यु, ११ जना घाइते

नौलो समाचार संवाददाता
२०७९ बैशाख ३०, शुक्रबार मा प्रकाशित ३८४ पटक पढिएको
स्याङ्जामा मतदाता बोकेको जीप दुर्घटना हुँदा १३ जनाको मृत्यु, ११ जना घाइते

बैशाख ३०, स्याङ्जा। स्याङ्जाकाे वालिङ-१४ काे अर्खलाबासमा मतदाता बोकेको जीप दुर्घटना हुँदा १३ जनाकाे ज्यान गएकाे छ। १० जना घाइते भएका छन्।

मतदानका लागि जाँदै गरेका मतदाताहरु बाेकेकाे ग २ च ३०२६ नम्बरकाे जीप पर्वत जोड्ने सडकबाट झरेको हो।

वालिङ नगरपालिका १४ को कोखे अखलाबासका मतदातालाई जीप चढाएर मतदान केन्द्र थुमपोखरा लैजाँदै गर्दा पञ्चमूलमा जीप दुर्घटना भएको थियो।

अखलाबासको मतदाता मतदान केन्द्र पुग्न हिँडेर करिब डेढ घण्टा लाग्ने स्थानीयले बताएका छन्। मतदान केन्द्र टाढा भएकाले जीप चढेर उनीहरू मतदान केन्द्रतर्फ गएका थिए।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पदम थापाले १० जना घाइतेलाई उपचारका लागि लगिएको जानकारी दिनुभयाे।

उनीहरुकाे गह्रौँ प्राथमिक अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई पोखरा लगिएकाे छ।

अहिले अन्य घाइतेहरुकाे उद्धारको कार्य भइरहेकाे प्रहरीले जनाएकाे छ ।

मतदाता चढेको जीप सडकबाट झण्डै ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

मृतक र घाइतेको सनाखत हुन बाँकी छ।

प्रतिक्रिया दिनुहोस