तेमाल-७ को भुमेश्वर मावि मतदान केन्द्रमा झडप, प्रहरीद्वारा हवाई फायर, मतदान कार्य स्थगित

नौलो समाचार संवाददाता
२०७९ बैशाख ३०, शुक्रबार मा प्रकाशित ७५१ पटक पढिएको
तेमाल-७ को भुमेश्वर मावि मतदान केन्द्रमा झडप, प्रहरीद्वारा हवाई फायर, मतदान कार्य स्थगित

बैशाख ३०, काभ्रे। तेमाल गाउँपालिका वडा नं ७ को मतदान कार्य स्थगित भएको छ।

तेमाल गाउँपालिका वडा नं ७ स्थित भुमेश्वर मावि मतदान केन्द्रमा विवाद भएपछि मतदान कार्य स्थगित भएको हो।

इच्छाइएको व्यक्तिले मतदान गर्ने विषयमा फरक दलका प्रतिनिधिहरूबीच झडप हुँदास्थिति नियन्त्रण बाहिर गएको थियो।

अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर समेत गरेको थियो।

स्थिति नियन्त्रणमामा लिन प्रहरीले हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी हरि खतिवडाले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस