पाँचखालमा मतदानस्थल नै तहसनहस हुने गरी तोडफोड (भिडियो)

नौलो समाचार संवाददाता
२०७९ बैशाख ३०, शुक्रबार मा प्रकाशित ९५८ पटक पढिएको
पाँचखालमा मतदानस्थल नै तहसनहस हुने गरी तोडफोड (भिडियो)

बैशाख ३०, काभ्रे। काभ्रेको पाँचखाल नगरपालिकाको वडा नम्बर १३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान स्थगित भएको छ । एक समूहले मतपेटिका तोडफोड गरेपछि मतदान स्थगित गरिएको हो।

आक्रोशित समूहले मतपेटिका, कुर्सी, टेबल लगायतका निर्वाचन सामग्रीमा तोडफोड गरेका छन्। तर, प्रहरीले भने मतपेटिका सुरक्षित राखेको छ। मतदानस्थल नै तहसनहस बनाइएको छ।

मतदान अधिकृतले एकै जनालाई १० वटा मतपत्र दिएको दाबीसहित सत्तारूढ दलका कार्यकर्ताहरूले विरोध गर्दै तोडफोड गरेका हुन्। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख एसपी चक्रराज जोशीले मतपत्रको विषयमा विवाद हुँदा झडप भएको बताउनुभयो।

हेर्नुहोस् भिडियो :-

भिडियो : मधुसुधन पाठक (सिटे बा) को फेसबुक बाट

प्रतिक्रिया दिनुहोस