पाँचखालको कोशीदेखा बाहेक स्थगित सबै ठाउँमा मतदान फेरी सुरु

नौलो समाचार संवाददाता
२०७९ बैशाख ३०, शुक्रबार मा प्रकाशित ८५६ पटक पढिएको
पाँचखालको कोशीदेखा बाहेक स्थगित सबै ठाउँमा मतदान फेरी सुरु

बैशाख ३०, काभ्रे। काभ्रेको विभिन्न ठाउँमा स्थगित भएको मतदान सुचारु भएको छ।

पाँचखाल नगरपालिका वडा नम्बर १३, कोशिदेखा बाहेक स्थगित भएका सबै ठाउँमा मतदान सुचारु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

कोशीदेखामा पनि मतदान सूचारु गर्ने प्रयास भैरहेको छ।

यसअघि स्थगित भएका चौरीदेराली गाउँपालिका वडा नम्बर ६, तेमाल गाउँपालिकाको वडा नम्बर ७ र ९ मा भने मतदान पुनः सुचारु भएको छ।

चौंरीदेउराली गाउँपालिका वडा नं ६ स्थित प्रभा मावि केन्द्रमा स्थगित भएको ५ घण्टापछि पुनः मतदान सुचारु भएको छ।

सर्वदलीय बैठकपछि अहिले मतदान पुनः सुरु भएको छ। साँझ ५ बजेसम्म तोकिएको मतदानको समय तीन घण्टा थपेर ८ बजेसम्म पुर्‍याइएको छ।

ईच्छाईएको व्यक्तिले अर्को पार्टीलाई भोट हालेको, मतपत्र च्यातेको, एक लौटी मतदान गरेको जस्तो कुराले मतदान केन्द्रमा विवाद भएपछि मतदान स्थगित भएको थियो।

प्रतिक्रिया दिनुहोस