पनौतीमा कति खस्यो मत ?

नौलो समाचार संवाददाता
२०७९ बैशाख ३०, शुक्रबार मा प्रकाशित ११९७ पटक पढिएको
पनौतीमा कति खस्यो मत ?

बैशाख ३०, काभ्रे। काभ्रेमा स्थानीय तहको निर्वाचनको मतदान कार्य सम्पन्न भएको छ।

मतदान सम्पन्न भएसंगे काभ्रेका १३ वटै स्थानिय तहको मतपेटिका संकलन गदै आ-आफ्नो निर्वाचन अधिकृतको कार्यालयमा पुर्याईएको छ।

बिहान ७ बजेबाट शुरु भएको मतदान साँझ ५ बजे सकिएको हो।

काभ्रेमा केहि ठाउँमा छिटफुट झडप बाहेक अन्य सबै पालिकाको वडाहरुमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ।

जिल्लाको तेमाल, पाँचखाल र चौंरीदेउरालीसहितका ४ ओटा मतदान केन्द्रमा झडप भएपछी केहि समय स्थगित भएर पुन मतदान सुरु भएको थियो।

पनौतीमा कति खस्यो मत ?

पनौतीको सबै वडामा निकै शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ।

पनौती नगरमा जम्मा ३८ हजार २२५ मतदाता मध्ये २८ हजार ९५३ मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका छन्।

पनौती वडा नं १ मा ३,१०३ मत खेसको छ। यस्तै, वडा नं २ मा २,१३५ मत, वडा नं ३ मा २,३६४ मत, वडा नं ४ मा ३,०२१, वडा नं ५ मा २,५१४,  वडा नं ६ मा १,४४२, वडा नं ७ मा २,८२२, वडा नं ८ मा २,२०२, वडा नं ९ मा २,४९९, वडा नं १० मा २,७५३, वडा नं ११ मा १,९४२ र वडा नं १२ मा २,१४६ मत खसेको छ।

पनौती क्षेत्रमा जम्मा मतको (७५.७१%) मत खसेको छ।

प्रतिक्रिया दिनुहोस