काभ्रेको महाभारत र भुम्लुमा माओवादीको विजयी सुरुवात

नौलो समाचार संवाददाता
२०७९ बैशाख ३१, शनिबार मा प्रकाशित ७९१ पटक पढिएको

काभ्रेको महाभारत र भुम्लुमा माओवादीको विजयी सुरुवात

बैशाख ३१, काभ्रे। काभ्रेमा माओबादी केन्द्रले विजयी सुरुवात गरेको छ।

महाभारत गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा नेकपा माओवादी केन्द्रको तर्फबाट कान्छामान जिम्बा (रोहित ) को प्यानल सहित अत्याधिक बहुमतले विजयी भएको छ।

वडाध्यक्षमा माओवादी केन्द्रले ७२०, नेपाली कांग्रेसले ३२१र नेकपा एमालेले २२ मत प्राप्त गरेका छन।

भुम्लु गाउँपालिका

यस्तै, जिल्लाको भुम्लु गाउँपालिकाको वडा नं १ को मत गणना सम्पन्न भइसकेको छ। जहाँ गठबन्धनतर्फ माओवादी केन्द्रको तर्फबाट गाउँपालिकाको वडा नं १ मा लेखनाथ श्रेष्ठ बिजयी भएका छन्। उनी ४ सय ५० मत अन्तरले बिजयी भएका हुन्।

वडा अध्यक्ष पदका लागि माओवादीका उम्मेदवारलाई ९ सय ९४ मत खसेको थियो भने सूर्यका उम्मेदवारलाई ५ सय ४४ मत खसेको थियो।


प्रतिक्रिया दिनुहोस