डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य १० रुपैयाँले बढ्यो

नौलो समाचार संवाददाता
२०७९ बैशाख ३१, शनिबार मा प्रकाशित ५०९ पटक पढिएको
डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य १० रुपैयाँले बढ्यो

बैशाख ३१, काठमाडौं। सरकारले डिजेल, पेट्रोल र मट्टीतेलको ह्वात्तै बढाएको छ।

अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यसँगै प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएको भन्दै नेपाल आयल निगमले एकैपटक पेट्रोल र डिजेलको मूल्य १०–१० रूपैयाँ मूल्य बढाएको हो।

नयाँ मूल्य आज मध्यरातदेखि लागू हुनेछ।

निगम सञ्चालक समितिको बैठकले शनिबार रातिदेखि लागु हुनेगरी मूल्य बढाउने निर्णय गरेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताउनुभयो।

निगमका अनुसार एलपी ग्यास तथा हवाई इन्धनको विक्री मूल्य भने बढाईएको छैन।

प्रतिक्रिया दिनुहोस