मण्डनदेउपुरमा कांग्रेसको सिंगो प्यानल विजयी

नौलो समाचार संवाददाता
२०७९ जेष्ठ १, आईतबार मा प्रकाशित १०१९ पटक पढिएको
मण्डनदेउपुरमा कांग्रेसको सिंगो प्यानल विजयी

जेठ १, काभ्रे। काभ्रेका विभिन्न पालिकाको मतपरिणाम धमाधम आईरहेको छ।

काभ्रेको मण्डनदेउपुर नगरपालिकामा नेपाली कांग्रेसले जितको सुरुवात गरेको छ।

वडा नम्बर २ मा कांग्रेसबाट राजकुमार मल्ल अध्यक्षमा निर्वाचित हुनुभएको छ।

वडा नम्बर २ मा कांग्रेसको सिंगो टिमले जित हात पारेको हो।

यस्तै वडा नम्बर १ को गणना जारी छ। जहाँ एमालेका उम्मेदवारले अग्रता बनाएका छन्। वडा नं १ को १९७८ मध्ये १८०० मत गन्दा वडाध्यक्षमा एमालेले ५७४ र कांग्रेसले ५५५ मत पाएका छन्।

मेयरमा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका टोकबहादुर वाइवा अगाडि रहनुभएको छ। उहाँलाई एमालेका विदुर सापकोटाले पछ्याइरहनु भएको छ।

यस्तै उपमेयरमा पनि गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार विष्णुमणि नेपालले अग्रता कायम गर्नुभएको छ। एमालेकी सरिता ढकालले उहाँलाई पछ्याइरहनुभएको छ।

प्रतिक्रिया दिनुहोस