नमोबुद्ध १ को अध्यक्षमा स्वतन्त्र उम्मेरदवार प्रेमबहादुर तामाङ विजयी 

नौलो समाचार संवाददाता
२०७९ जेष्ठ १, आईतबार मा प्रकाशित ७१७ पटक पढिएको
नमोबुद्ध १ को अध्यक्षमा स्वतन्त्र उम्मेरदवार प्रेमबहादुर तामाङ विजयी 

जेठ १, काभ्रे। काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं १ मा वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार प्रेमबहादुर तामाङ विजयी हुनुभएको छ।

उहाँले नेकपा एमालेलाई पछि पार्दै जीत हाँसील गर्नुभएको हो।

उहाँको पक्षमा ५ सय ५६ मत रहदा एमालेका निरोज पाण्डेको पक्षमा ४ सय ४७ मत रहेको छ।

नेपाली काँग्रेसमा आवद्द रहेका तामाङ पार्टीले टिकट नदिएपछि स्वतन्त्रबाट उम्मेरदवार बन्नुभएको थियो।

वडा नं १ मा अध्यक्ष तामाङसहित दलित महिला सदस्य राधिका शंकर र एकजना खुला सदस्यमा स्वतन्त्र उम्मेदवार विजयी भएका हुन् ।

महिला सदस्य र एक खुला सदस्य भने एमालेबाट विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस