मण्डनदेउपुर-१ काे वडाध्यक्षमा एमालेका ढकाल विजयी

नौलो समाचार संवाददाता
२०७९ जेष्ठ १, आईतबार मा प्रकाशित ५५९ पटक पढिएको
मण्डनदेउपुर-१ काे वडाध्यक्षमा एमालेका ढकाल विजयी

जेठ १, काभ्रे। मण्डनदेउपुर नगरपालिका वडा नं.१ मा नेकपा एमालेका शिवप्रसाद ढकाल विजयी हुनुभएको छ।

ढकालले निकटम प्रतिद्वन्द्वी कांग्रेसका बुद्धिमान तामाङलाई जम्मा ४ मतको अन्तरले पराजित गर्नुभएको हो।

हालसम्म वडा नम्बर १ र २ मा मत गणना सकिएको छ। जसमध्ये वडा नम्बर २ मा कांग्रेसबाट राजकुमार मल्लको टिमले जित हात पारेको छ।

त्यस्तै मेयरमा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका टोकबहादुर वाइवा अगाडि रहनुभएको छ। उहाँलाई एमालेका विदुर सापकोटाले पछ्याइरहनुभएको छ।

यस्तै उपमेयरमा पनि गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार विष्णुमणि नेपालले अग्रता कायम गर्नुभएको छ भने एमालेकी सरिता ढकालले उहाँलाई पछ्याइरहनुभएको छ।

प्रतिक्रिया दिनुहोस