काभ्रेको १७ वटा वडाको आयो नतिजा, कुन वडामा कसले बाजी मार्यो ?

नौलो समाचार संवाददाता
२०७९ जेष्ठ १, आईतबार मा प्रकाशित १४९८ पटक पढिएको
काभ्रेको १७ वटा वडाको आयो नतिजा, कुन वडामा कसले बाजी मार्यो ?

जेठ १, काभ्रे। बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनको यति बेला मतगणना गर्ने काम जारी रहेको छ।

अहिलेसम्मको मतपरिणाम अनुसार काभ्रेको १७ वटा वडाको नतिजा अईसकेको छ।

हालसम्मको नतिजा अनुसार काभ्रेमा एमालेले ७ वडा वडामा अध्यक्ष पदमा विजयी हुदै आफ्नो सिट सुरक्षित गरेको छ। कांग्रेसले ६ वटा वडा अध्यक्षको सिटमा बाजी मारेको छ भने नेकपा माओवादीले ३ वटा सिटमा जित हात पारेको छ। एउटा वडा भने स्वतन्त्र उम्मेदवारले जितेका छन्।

एमालेले धुलिखेल वडा नम्बर २ र ३, बनेपा १, पनौती २, मण्डनदेउपुर १, भुम्लु ३, रोशी १ मा वडा अध्यक्ष जितेको हो।

यसैगरी हालसम्मको नतिजा अनुसार काभ्रेमा नेपाली कांग्रेसले ६ वटा वडामा अध्यक्ष पदमा विजयी हुदै आफ्नो सिट सुरक्षित गरेको छ।

कांग्रेसको तर्फबाट बनेपा वडा नं. २, धुलिखेल वडा नं १, मण्डनदेउपुर २, भुम्लु २, बेथानचोक १, चौंरीदेउराली १ मा वडा अध्यक्ष जितेको छ।

यसैगरी माओवादीले ३ वटा वडामा अध्यक्ष जितेको छ। माओवादीले भुम्लु १, खानीखोला १ र महाभारत १ मा वडा अध्यक्ष जितेको छ।

नमोबुद्ध वडा नम्बर १ मा स्वतन्त्रबाट प्रेमबहादुर तामाङ वडा अध्यक्षमा विजय हासिल गर्नुभएको छ।

काभ्रेमा १ सय ३५ वडा मध्ये हाल पनि १४ वडाको मतगणना सकिको छ भने अरु मतगणना जारी रहेको मृख्य निर्वाचन कार्यालय धुलिखेल जनाएको छ ।

काभ्रेमा १३ वटा स्थानिय तहका १ सय ३५ वडाको मत परिणाम धमाधम आईरहेका छन्। १३ वटा स्थानिय तहमा कतै सहजै मतगणना शुरु भएको छ भने कतै विवादका कारण रोकिएको छ।

प्रतिक्रिया दिनुहोस