काभ्रेको ३३ वडाको आयो नतिजा, कुन वडामा कसले बाजी मार्यो ?

नौलो समाचार संवाददाता
२०७९ जेष्ठ २, सोमबार मा प्रकाशित ९८० पटक पढिएको
काभ्रेको ३३ वडाको आयो नतिजा, कुन वडामा कसले बाजी मार्यो ?

जेठ २, काभ्रे। बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनको यति बेला मतगणना गर्ने काम जारी रहेको छ।

आज बिहानसम्मको मतपरिणाम अनुसार काभ्रेको ३३ वटा वडाको नतिजा अईसकेको छ। काभ्रेमा १ सय ३५ वडा रहेका छन्।

हालसम्मको नतिजा अनुसार कांग्रेसले १८ वटा वडा अध्यक्षको सिटमा बाजी मार्दै अग्र स्थानमा रहेको छ। एमालेले ११ वडा वडामा अध्यक्ष पदमा विजयी हुदै दोश्रो स्थानमा रहेको छ।

नेकपा माओवादी केन्द्रले ४  वटा वडामा अध्यक्ष जितेको छ। एउटा वडा भने स्वतन्त्र उम्मेदवारले जितेका छन्।

कांग्रेसको तर्फबाट पनौती वडा नं. १,  बनेपा वडा नं. २, धुलिखेल वडा नं १ र ४, मण्डनदेउपुर २ र ३, भुम्लु २ र ५, बेथानचोक १, चौंरीदेउराली १, तेमाल १, नमोबुद्ध २ र ३, महाभारत २ र ३, रोशी २ र १२, खानीखोला २ मा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।

यस्तै,  एमालेले धुलिखेल वडा नम्बर २ र ३, बनेपा १, पनौती २, मण्डनदेउपुर १ र ४, भुम्लु ३, ४ र ६, रोशी १, चौंरीदेउराली २, मा वडा अध्यक्ष जितेको हो।

यसैगरी, नेकपा माओवादी केन्द्रले ४ वटा वडामा अध्यक्ष जितेको छ। माओवादीले भुम्लु १, खानीखोला १ र महाभारत १, चौंरीदेउराली १ मा वडा अध्यक्ष जितेको छ।

नमोबुद्ध वडा नम्बर १ मा स्वतन्त्रबाट प्रेमबहादुर तामाङ वडा अध्यक्षमा विजय हासिल गर्नुभएको छ।

१३ वटा स्थानिय तहमा कतै सहजै मतगणना शुरु भएको छ भने कतै विवादका कारण रोकिएको छ।

प्रतिक्रिया दिनुहोस