जेठ ३, काभ्रे। बनेपा नगरपालिका वडा नं-९ को अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन्।
कांग्रेसको तर्फबाट नृपेश बादे बनेपा नगरपालिका वडा नं-९ को अध्यक्षमा निर्वाचित हुनुभएको हो।
उहाँले नेकपा एमालेका उम्मेदवार विक्रमल प्रजापतिलाई २६६ मतले पराजित गर्नुभएको हो।
वडा अध्यक्ष पदमा नेपाली काँग्रेसका उम्मेदवार बादेलाई १२०० मत प्राप्त भएको छ भने नेकपा एमालेका उम्मेदवार प्रजापतिलाई ९३४ मत प्राप्त भएको छ।
प्रतिक्रिया दिनुहोस