बनेपा-८ बाट काभ्रेमै पहिलो महिला वडाध्यक्षको उदय

नौलो समाचार संवाददाता
२०७९ जेष्ठ ३, मंगलबार मा प्रकाशित ११४४ पटक पढिएको
बनेपा-८ बाट काभ्रेमै पहिलो महिला वडाध्यक्षको उदय

जेठ ३, काभ्रे। काभ्रेमा पहिलो पटक वडाअध्यक्षमा महिला निर्वाचित भएकी छन्।

बनेपा–८ मा कांग्रेसका तर्फबाट उम्मेदवार रहनुभएकी शुभलक्ष्मी मानन्धर विजयी हुनुभएको हो।

शुभलक्ष्मी मानन्धरले एमालेका श्यामकाजी मानन्धरलाई ३९९ को मतान्तरले पराजित गर्नुभएको हो।

शुभलक्ष्मीले १४४५ मत प्राप्त गर्दा उहाँका निकटतम् प्रतिस्पर्धी एमालेका श्यामकाजी मानन्धरले १०४६ मत ल्याउनुभएको हो।

नव निर्वाचित वडा अध्यक्ष शुभलक्ष्मी मानन्धरले बनेपाको डुबान समस्या हल गरेर, अरनिको राजमार्गमा आकाशे पुल बनाउने र लायकु दरबारको संरक्षण गर्ने आफ्नो प्राथमिकतामा रहेको बताउनुभएको छ।

उहाँ भर्खरै शिक्षक पदबाट राजीनामा दिएर वडाअध्यक्षको उम्मेदवार बन्नुभएको हो।

काभ्रेका १ सय ३५ मध्ये ११ वडा अध्यक्ष पदमा महिला उम्मेदवार प्रतिस्पर्धामा थिए। अन्तिम परिणाम आइसकेका मध्ये भुम्लु–६ मा सावित्री माझी, रोशी–११ मा चन्द्रमाया तामाङ र माओवादी केन्द्रले पनौती–४ मा सुशिला सुवाल भने पराजित भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस