पनौती-६ मा एमालेका भिमप्रसाद आचार्य विजयी

नौलो समाचार संवाददाता
२०७९ जेष्ठ ३, मंगलबार मा प्रकाशित ११०३ पटक पढिएको
पनौती-६ मा एमालेका भिमप्रसाद आचार्य विजयी

जेठ ३, काभ्रे। पनौती वडा नम्बर-६ मा एमालेका उम्मेदवार विजयी भएका छन्।

एमालेका उम्मेदवार भिमप्रसाद आचार्यले कांग्रेसका उम्मेदवार सुधिर सापकोटालाई पराजित गर्दै वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो।

एमालेका आचार्यले सापकोटालाई २९१ मतान्तरले पराजित गर्नुभएको हो।

भिमप्रसाद आचार्यले ७६६ मत प्राप्त गर्दा सुधिर सापकोटाले ४७५ मत पाउनुभएको छ।

सुधिर सापकोटा अघिल्लो कार्यकालका वडा अध्यक्ष हुनुहुन्थ्यो।

 

प्रतिक्रिया दिनुहोस