पनौतीको मेयरमा कांग्रेस र एमालेबीच कडा टक्कर, प्रतिस्पर्धा रोमाञ्चक

नौलो समाचार संवाददाता
२०७९ जेष्ठ ४, बुधबार मा प्रकाशित ११८२ पटक पढिएको
पनौतीको मेयरमा कांग्रेस र एमालेबीच कडा टक्कर, प्रतिस्पर्धा रोमाञ्चक

जेठ ४, काभ्रे। पनौती नगरपालिकाको मेयरमा कांग्रेस र एमालेबीच कडा टक्कर देखिएको छ। ८ वटा वडाको मतगणना सकिएको पनौतीमा चारवटा वडाको ९३४० मत गणना बाँकी हुँदा प्रतिस्पर्धा रोमाञ्चक बन्दै गएको हो।

एमालेका भीम न्याैपानले पनौतीको वडा नम्बर ३ बाट धेरै मतको अग्रता लिनुभएको थियो। कांग्रेसका भण्डारीले ५, ६, ७, ८ र ९ वडाबाट राम्रो मत बटुलेर अग्रतासमेत लिईरहनु भएको छ।

वडा अध्यक्ष एमालेले जितेका ४, ६, ७ र ८ बाट मेयरमा कांग्रेसका उम्मेदवारलाई बढी भोट आएको छ। ३ मा एमालेले वडा अध्यक्षमा ६ सय बढी मत ल्याएको थियो। ५ मा कांग्रेसले वडा अध्यक्ष जित्दा ५ सय बढी मत ल्याएको थियो। कांग्रेसले १ काे वडा अध्यक्ष जित्दा मेयरमा पनि बढी मत पठाएकाे थियाे।

आफ्नै वडामा गणना भैरहदा भण्डारीले ८९१ भन्दा बढी मतले अग्रता लिइरहनु भएको छ।

अहिले वडा नम्बर ९ र १० को मत गणना भैरहेको छ।

कांग्रेसले ९ मा अघिल्लोपटक ४ सय मत अन्तरले वडाध्यक्ष जितेको थियो। १० र ११ मा एक/एक सय अन्तरले मात्रै कांग्रेसले अघिल्लोपटक जितेको थियो ।

१० र ११ वडाबाट अघिल्लोपटक जस्तै गरी भोट आए पनि १२ बाट असर नपर्ने कांग्रेस पनौतीका एक नेता बताउँछन् ।

एमालेले वडा अध्यक्ष जितेका वडामा मेयरमा कांग्रेसले बढी भोट पाउने गरेको अनौठो लय यसपटक देखिएको छ । यसले पनि थप रोमाञ्चतक थप्ने बताइन्छ ।

१२ नम्बर वडामा अघिल्लोपटक एमालेले ६ सय अन्तरले जितेको थियो ।

वडा अध्यक्ष जिते पनि मेयरमा भीम न्यौपानेलाई अपेक्षित भाेट नआएपछी निराश बनाएको छ।

उपमेयरमा एमाले अगाडि र नेकपा एकीकृतका उम्मेदवार पछाडि देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस