पनौती-९ मा पुनः कांग्रेसका शहकुल हुमागाईं विजयी

नौलो समाचार संवाददाता
२०७९ जेष्ठ ५, बिहिबार मा प्रकाशित ८८५ पटक पढिएको
पनौती-९ मा पुनः कांग्रेसका शहकुल हुमागाईं विजयी

जेठ ५, काभ्रे। पनौती वडा नम्बर ९ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

कांग्रेसका शहकुलकुमार हुमागाईं वडा नम्बर ९ अध्यक्षमा विजयी हुनुभएको हो। उहाँको प्यानल नै विजयी भएको हो।

अघिल्लो कार्यकालमा पनि हुमागाई सोहि वडाको अध्यक्ष हुनुहुन्थ्यो।

एमालेका उम्मेदवार उद्दव थापालाई ९२ भोटको मतान्तरले हुमागाईंले पराजित गर्नुभएको हो।

शहकुलकुमार हुमागाईंले १ हजार २०५ भोट प्राप्त गर्दा एमालेका उद्दव थापाले १ हजार ११३ भोट पाउनुभएको हो।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि एमालेका थापा हुमागाईंसंग नै पराजित हुनुभएको थियो।

यस्तै, वडा अध्यक्षका प्रतिस्पर्धी नेपाल सुशासन पार्टीका रामकुमार महतले २३ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका नरेश बहादुर खडका ले १५ मत प्राप्त गर्नुभएको छ।

यस्तै, महिला वडा सदस्यमा कांग्रेसका सरस्वती दनुवार १ हजार २६७ मतले विजयी हुनुभएको छ। दलित महिला सदस्यमा कांग्रेसकै सुन्दरी सार्की १२८२ मत प्राप्त गर्दै विजयी हुनुभएको छ। यस्तै ओम कृष्ण श्रेष्ठले ११९२ र कुमार भण्डारीले १२३४ मत पाउनुभएको छ।

प्रतिक्रिया दिनुहोस