नमोबुद्ध नगर प्रमुखमा कांग्रेसका कुन्साङ र उपप्रमुखमा माओवादीका रत्न बिजयी

नौलो समाचार संवाददाता
२०७९ जेष्ठ ५, बिहिबार मा प्रकाशित ८६४ पटक पढिएको
नमोबुद्ध नगर प्रमुखमा कांग्रेसका कुन्साङ र उपप्रमुखमा माओवादीका रत्न बिजयी

जेठ ५, काभ्रे। नमोबुद्ध नगरपालिकामा मत गणना कार्य सम्पन्न भएको छ। नगर प्रमुख र उपप्रमुखमा गठबन्धनतर्फका उम्मेदवार बिजयी भएका छन्। प्रमुखमा नेपाली कांग्रेसका कुन्साङ लामा र उपप्रमुखमा माओवादी केन्द्रका रत्नबहादुर लामा बिजयी हुनुभएको छ।

प्रमुखमा विजयी लामाले निकटम प्रतिस्पर्धी एमालेका राजन भुर्तेललाई ५ हजार ३८९ मतान्तरले पराजित गर्नुभयो। लामाले ११ हजार २११ र भुर्तेलले ५ हजार ८२२ मत प्राप्त गर्नुभएको छ।

उपप्रमुखमा निकटतम प्रतिस्पर्धीलाई १ हजार ६४४ मतले पछि पार्दै गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार रत्नबहादुर लामा बिजयी हुनुभएको हो। लामाले ८ हजार १८७ र एमालेकी सम्झना लामाले ६ हजार ५४३ मत प्राप्त गर्नुभयो।

कांग्रेसले वडा नं २, ३, ५, ६ र ९ गरि ५ वडा, एमालेले वडा नं ४, ८ र ११, माओवादी केन्द्रले वडा नं ७ र १० र वडा नं १ मा स्वतन्त्र उम्मेदवार बिजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस