जेठ ५, काभ्रे। पनौती नगरपालिका-११ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।
पनौती-११ को वडा अध्यक्षमा एमालेका विपेन्द्र लामा (तामाङ) सहितको प्यानलले नै जित हात पारेको छ।
नेपाली कांग्रेसका उम्मेदवार तारामान लामालाई २०५ मतको अन्तरले एमालेका विपेन्द्र लामाले पराजित गर्नुभएको हो।
विपेन्द्र लामाले १००३ मत प्राप्त गर्दा तारामान लामाले ७९८ मत पाउनुभएको छ।
कांग्रेसका तारामान लामा यस अघिको कार्यकालमा सोहि वडाको अध्यक्ष हुनुहुन्थ्यो।
यस्तै, एमालेबाटै महिला वडा सदस्यमा गीता थापाले ९९९ मत प्राप्त गर्नुभयो। दलित महिला वडा सदस्यमा गङ्गा विश्वकर्माले ९८८ मत प्राप्त गर्नुभयो।
यसैगरी, वडा सदस्यमा रविन सिंदालीले ९९८ मत र मान बहादुर तामाङले ९७३ मत प्राप्त गरी विजय हासिल गर्नुभएको छ।
प्रतिक्रिया दिनुहोस