जेठ २७, काभ्रे। नेपाली काँग्रेस जिल्ला कार्यसमिति काभ्रेले जन निर्वाचित जनप्रतिनिधिलाई एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ। २०७९ सालको स्थानिय तहमा नेपाली काँग्रेसको तर्फबाट निर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरुलाई आज बनेपामा आयोजित कार्यक्रममा सम्मान गरेको हो ।
स्थानीय तह निर्वाचनको क्रममा जिल्लाका १३ स्थानीय तहमध्ये नेपाली कांग्रेसले ४ नगर प्रमुख, २ उपप्रमुख, ३ गाउँपालिका अध्यक्ष, ४ उपाध्यक्ष पदमा जितेको छ। यस्तै १ सय ३५ वडामध्ये ६० वडाअध्यक्ष, ६० महिला सदस्य, ६१ दलित महिला सदस्य र १२० जना खुल्ला सदस्य समेत कांग्रेसका ३ सय १४ जना र कार्यपालिका सदस्यमा थप ३३ जना निर्वाचित भएका छन्।
कांग्रेसबाट निर्वाचित सम्पूर्ण उम्मेदवारलाई नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले बधाइ ज्ञापन सहित सम्मान गर्नुभएको हो।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका उपसभापति खड्काले जनताको मर्म र भावना बुझेर भोलिका दिनमा पनि जनताको मतको ख्याल गदै काम गर्न निर्देशन दिनुभएको छ। काँग्रेसलाई आएको मत हेर्दा यो निर्वाचनबाट काँग्रेसप्रति विश्वास बढ्न थालेको बताउदै उहाँले यसलाई जोगाउन निर्वाचित जनप्रतिनिधिहरुलाई आग्रह समेत गर्नुभयो।
यस्तै, कांग्रेस केन्द्रीय सदस्य मधुप्रसाद आचार्य र गणेश लामा तथा कांग्रेस काभ्रेका जिल्ला सभापति तीर्थ लामाले अब चाडै नै प्रदेश र सघीय निर्वाचनका लागि सबै एकजुट भई स्थानिय तहको नतिजा पुन प्रदेश र सघंका लागि पनि सबै जना एक ढिक्का भएर लाग्न आग्रह गर्नुभयो।
सम्मान कार्यक्रमका केहि फोटोहरु :-
प्रतिक्रिया दिनुहोस