असार २१, रामेछाप। रामेछापको लुभुघाटमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ। घाइतेमध्ये ४ जनाको धुलिखेल अस्पतालमा मृत्यु भएपछि मृतकको संख्या १३ पुगेको हो।
उपचारका लागि धुलिखेल अस्पताल ल्याइएका २४ मध्ये ४ जनाको उपचारको क्रममा मृत्यु भएको हो। मृत्यु हुनेमा सुनापति-५ का ३४ वर्षीय खड्कबहादुर विक र अन्य दुई जना पुरुष र एक महिला छन्। तीन जनाको पहिचान खुलेको छैन।
घाइते २० जनाको धुलिखेल अस्पताल र १ जनाको शिर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको छ।
रामेछापबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस आज बिहान १० बजेतिर खाँडादेवी र सुनापति गाउँपालिकाको सिमानामा दुर्घटनामा परेको थियो। दुर्घटनामा ९ जनाको घटनास्थलमा नै मृत्यु भएको छ।
प्रतिक्रिया दिनुहोस