काभ्रेली अग्रज पत्रकार सापकोटाद्वारा प्रेस युनियनको केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा

नौलो समाचार संवाददाता
२०७९ अषाढ २९, बुधबार मा प्रकाशित ८०४ पटक पढिएको
काभ्रेली अग्रज पत्रकार सापकोटाद्वारा प्रेस युनियनको केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा

असार २९, काभ्रे। आगामी साउन ६ र ७ गते हेटौडामा हुने नेपाल प्रेस युनियनको ९ औँ महाधिवेशनमा काभ्रेली अग्रज पत्रकार नारायण सापकोटाले केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएको छ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्धघाटन गर्ने महाधिवेशनमा काभ्रेली अग्रज पत्रकार सापकोटाले केन्द्रिय सदस्य पदका लागि मंगलवार केन्द्रिय कार्यालयमै पुगेर उम्मेदवारी दिने घोषणा गर्नुभएको हो।

उम्मेदवारी घोषणापछी सबै जनाले आ-आफ्नो ठाउँबाट साथ र सहयोग गरिदिन ओझाले आग्रह गरेका छन् । उनी नेपाल पत्रकार महासंघ काभ्रे शाखाको पूर्व जिल्ला सभापति प्रेस काउन्सील नेपालको सदस्य पनि हुन् ।

२०५४ सालदेखि पत्रकारितामा निरन्तर क्रियाशील सापकोटाले राष्ट्रिय समाचार समिति, अन्नपूर्णपोष्ट, नयाँ पत्रिका, सगरमाथा टिभि, न्युज २४ टिभि, गरुण आवाज तत्कालिन एच.बि.सी एफएम लगायत मूलधारका राष्ट्रिय मिडियामा काम गरेको लामो अनुभव संगाल्नु भएको छ।

नेपाल पत्रकार महासंघ काभ्रे, प्रेस युनियन काभ्रेको अध्यक्षको जिम्मेवारी संहाल्नु सक्नुभएका उहाँ हाल ट्रेड युनियन कांग्रेसको सचिव समेत हुनुहुन्छ । जिल्लामा हाम्रो इन्द्रावती साप्ताहिक काभ्रेका सम्पादक तथा नरम न्युज डट कम का प्रधान सम्पादक समेत रहि पत्रकारितामा क्रियाशिल रहनुभएको छ।

महाधिवेशनमा देशभरका प्रेस युनियनका एक हजार ६ सय ५० भन्दा बढी केन्द्रीय प्रतिनिधिहरुले सहभागिता जनाउने छन्।

प्रतिक्रिया दिनुहोस