साउन १५, काभ्रे। बनेपाबाट ५ जना लागू औषध कारोबारी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेको विशेष टोलीले गोप्य सूचनाको आधारमा उनीहरुलाई बनेपा नगरपालिका-१० जनागालबाट शनिबार पक्राउ गरेको हो।
प्रहरीको गस्ती टोलिले उनीहरुको साथबाट ३०२ एम्पुल डीएजिपाम, ३०२ एम्पुल फिनीरजिन ३०२ एम्पुल नोफिन गरि एकमुष्ट ९०६ एम्पुल लागू औषध बरामद गरेको हो।
पक्राउ पर्नेमा बारा पिपरपाती गाउँपालिका-४ बस्ने वर्ष ३५ को समसोदिन मिया, बनेपा-१० बस्ने वर्ष २८ को सविन हुमागाई, बारा डुमरवाना-४ बस्ने वर्ष ३८ कि संगिता चौधरी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्ष हरी खतिवडाले जानकारी दिनुभयो।
यस्तै, बारा कलैया उप महानगरपालिका १२ बस्ने वर्ष २७ को पवन कुमार शाह र विरगंज महानगरपालिका २४ पर्सा बस्ने वर्ष २७ को शेषनाथ शाहलाई विरगंज पर्साबाट नियन्त्रणमा लिएको हो।
उनीहरूले बिरगंज पर्सा वस्ने मानिसहरूले दिई पठाएको भन्ने खुल्न आऐकोले जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरी टोलिले स्थानिय प्रहरीसँगको सहकार्यमा पक्राउ गर्न सफल भएको हो।
प्रहरी नायब उपरीक्ष खतिवडाले पक्राउ परेकाहरूलाई असार १५ गते जिल्ला अदालत काभ्रेबाट ५ दिनको म्याद थप भई अनुसन्धान भइरहेको जानकारी दिनुभयो।
प्रतिक्रिया दिनुहोस