साउन २६, काभ्रे। बेथानचोक गाउँपालिकामा दुधमा लिटर अनुदान वितरण कार्यक्रम सुरु गरिएको छ।
बेथानचोकको वडा नम्बर-१ च्याम्राराङ्बेशीका किसानहरुलाई अनुदान रकम वितरण गर्दै आजबाट कार्यक्रमको सुरुवात गरिएको हो।
बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालयद्वारा पशुपालक किसानलाई दुधमा प्राप्त अनुदान र बेथानचोक गाउँपालिकाको अनुदानमा दुध लिटर अनुदानमा च्याम्राराङ्बेशीका २२५ किसानहरुका लागि उक्त रकम वितरण शुरु भएको बेथानचोक वडा नम्बर-१ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता मधुसुदन तिमल्सिनाले जानकारी दिनुभयो।
प्रदेश सरकारको तर्फबाट १३ लाख ५५ हजार ५०७ रुपैंया अनुदान बापतको रकम प्राप्त भएको वडा अध्यक्ष तिमल्सिनाले बताउनुभयो।
उहाँले किसान र कृषि क्षेत्रमा गाउँपालिका र वडा कार्यालयले सक्दो सहयोग र अनुदानका कार्यक्रम ल्याउदै जाने बताउनुभयो।
नबप्रतिभा बहुमुखीसहकारी संस्था लिमिटेड मार्फत उक्त रकम आजबाट वितरण शुरु भएको उहाँले जानकारी दिनुभयो।
च्याम्राराङबेशीमा आर्थिक बर्ष २०७७/७८ मा ८ लाख २७ हजार ५३८ लिटर दुध उत्पादन भएको नबप्रतिभा बहुमुखी सहकारीका अध्यक्ष माधवप्रसाद दाहालले जानकारी दिनुभयो।
बागमती प्रदेश सरकारले दुधमा अनुदानका लागि १६ करोड छुट्याएको छ।
नबप्रतिभा सहकारी मार्फत रकम बितरण भएकाले उक्त सहकारीमा पुगी रकम बुझिलिन सम्पुर्ण किसानलाई वडा नम्बर १ कार्यालयले अनुरोध गरेको छ।
प्रतिक्रिया दिनुहोस