बा ! म तिम्रो माझी औला
खोजिरहेको छु
जुन औला समातेर
म हिंड्न सिकेँ
त्यही हिंडाईबाट
पहाड चढ्न सिकें
मलाई बोकेर कहिल्यै नथाकेको
तिम्रो काँध सम्झिरहेको छु
सँगै तिमीले बोकेका जिम्मेबारीका भारी
अनि त्यसभित्रको कथा
किताबका पाना जस्तै
पल्टिरहेको छ मेरा सामु
बा ! मैले तिमीलाई
मनको तस्वीरभित्र
छामिरहेको छु ।
कर्मभूमिको आँगनभरि
परिश्रमको फल फलाएर
हामीलाई चाख्न दिने
अनि हाम्रो जिन्दगीमा
भाग्योदयको सुनौलो बिहानी
ल्याउन सक्ने ल्याकत
बोकेको मेरा बा
मेरालागि पहिलो ईश्वर हुन् ।
बा
म तिम्रो
चाउरिएका गालाका डोवहरूबाट
रोसी बगिरहेको अर्थ
खोजिरहेको छु
पसिनाको कोसी बग्नुको
तात्पर्य भेटिरहेको छु
झिसमिसे ओढेर
उकालो लागेको तिमी
साँझ लिएर घर फर्कन्थौ
तिम्रो त्यो कुदाईभित्रको
सङ्घर्षको सिङ्गो कथाu
बुˇने प्रयास गर्दैछु
बा ! आज
सगरमाथाभन्दा पनि
अग्लो तिम्रो कद छाम्न
खोजिरहेको छु ।
प्रतिक्रिया दिनुहोस