सन्तानहरुलाई आफू भन्दा
माथि चढाउन
ति बलिया पाखुराहरुले
उठाएका थिए
ति पहाडहरुको भारि
तर अहं
तिमीले अय्यासम्म भनेन,
सन्तानहरु आफूले
बिछ्याएका पहाडहरु चढदै गर्दा
तिमी कति खुसि थियौ
जस्को तौल सायद तराजुले थेग्न सक्दैन्
छिमेकिहरु सामु
आफ्नाहरु सामु
साथि भाईहरु नजिक
ससुरालिमा जादाँ
तिम्रो नाकको टुप्पो निकै अग्लिएको थियो
भो नखोज हिसाब कितब
बा!
तिमीले सन्तानहरुलाई गरेको योगदानको
हिसाब किताब राख्न
सायद
लेख्नलाई बहि खातानै पुग्दैन,
तर पनि
बा! तिम्रो कहिले कदर भएन ।
रबिन्द्र आशिष शैली, बनेपा (हाल: कोटेश्वर, काठमाडौं)
प्रतिक्रिया दिनुहोस